
आईपीएलमा लखनऊलाई हराउँदै बेंग्लोर शीर्ष दुईमा उक्लियो
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ। मंगलबार राति लखनऊ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै बेंग्लोर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बेंग्लोरले सात खेलबाट पाँचमा जित हासिल गर्दै १० अंक जोडेको छ।
डीवाई पाटिल स्पोर्टस एकेडेमीमा टस हारेर ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको थियो। १८२ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाएर १६३ रनमा समेटियो।
लखनऊका लागि कुर्नाल पाण्ड्याले ४२ रन बनाए। केएल राहुलले ३० रन, मार्कुस स्टोनिसले २४ रन बनाए। बेंग्लोरका जोश हाजलउडले सर्वाधिक ४ विकेट लिए। हर्सल पटेलले २ विकेट लिए।
बेंग्लोरका लागि १८१ रनको योगफल तयार पार्न फाप डु प्लेसिसले सर्वाधिक ९६ रनको योगदान गरे। शाहबाज अहमदले २६ र ग्लेन म्याक्सवेलले २३ रन बनाए। लखनऊका जासन होल्डर र दुश्मन्था चामिराले २/२ विकेट लिए।
जितबाट बेंग्लोर दोस्रो स्थानमा उक्लिँदा लखनऊ सात खेलमा ८ अंक जोडेर चौथो स्थानमा छ। ६ खेलमा पाँच जितसहित १० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ।



कागजपत्र |
