फोहरको व्यवस्थापन घरबाटै


चितवन – वातावरण संरक्षणका लागि फोहरको व्यवस्थापन घरबाट नै गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज आयोजना गरेको वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनसम्बन्धी बृहत् प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घरबाट निस्किएका फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न सकिने बताए ।

घरबाट निस्किने फोहरलाई वर्गीकरण गर्दै प्राङ्गारिक मल र पुनःप्रयोग गर्न सकिने उनीहरुको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घरबाट निस्कने फोहरलाई व्यवस्थापन अहिलेको चुनौति बनेको बताइन् ।

घरघरबाट निस्किने फोहर व्यवस्थापनमा स्वयं घरधनी लाग्ने हो भने वातावरण संरक्षण र फोहरमैलाको व्यवस्थापन हुने उनको भनाइ थियो ।
महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले फोहर व्यवस्थापनका लागि महानगरपालिकाले आमा समूह तथा टोल सुधार समितिलाई तालिम दिएर काम अघि बढाएको बताइन् ।

कार्यपत्र प्रस्तुत गर्दै तुलसी ज्ञवालीले फोहरलाई स्रोतबाटै व्यवस्थापन गर्न सके वातावरण सफा राख्न सकिने बताए ।

प्रतिक्रिया