भक्तपुरको च्वङा गणेशमा डढेलो


भक्तपुर – भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।

दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकव छ ।

‘हामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,’ नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।

यही नजिक सैनीक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ । डा. इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उत्तरमा छ ।

प्रतिक्रिया