रोनाल्डोको ह्याट्रिकमा युनाइटेड जित


काठमाडौँ – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५०औँ ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ अन्तरको रोमान्चक जित निकालेको छ ।

युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याट्रिक पूरा गरे । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे ।

सातौँ मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२औँ मिनेटमा रोनाल्डोको व्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २–१ मा झारे । पुक्कीले ५२औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

तर, खेलको ७६औँ मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे भने टिमलाई तीन अंक दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५०औँ ह्याट्रिक हो । खेल करियरको भने यो ६० औँ ह्याट्रिक हो । साथै रोनाल्डो ६०औँ ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।

प्रतिक्रिया