महानगरका उम्मेदवारबारे छलफल गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागबन्डाबारे अझै सहमति भएको छैन ।

यसबारे केन्द्रीय संयन्त्रले नै टुङ्गो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न काँग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।

प्रतिक्रिया