पाल्पामा बस दुर्घटना दुईकाे मृत्यु, ६ घाइते


पाल्पा – पाल्पाको रैनादेवीमा शुक्रबार दिउँसाे बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालक रहेका छन।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। उनीहरूकाे पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

रैनादेवी छहरा गाउँपालिका ६ बल्डेङगढीमा बस दुर्घटना भएकाे हाे। पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेकाे लु १ च ४९०२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

प्रतिक्रिया