स्थानीय चुनावअघि नयाँ शैक्षिक सत्रको तयारी सक्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं- विद्यालयहरुलाई स्थानीय तहको चुनावअगाडि नै नयाँ शैक्षिक सत्रको लागि आवश्यक तयारी सक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले वैशाखभित्रै सबै तयारी सकेर जेठको पहिलो साताबाट पठनपाठन गराउन विद्यालयलाई निर्देशन दिइएको बताए।
उनकाअनुसार अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा र नयाँ विद्यार्थी भर्नाको कार्यक्रम सँगसँगै चल्नेछ। परीक्षाकै समयमा विद्यालयले कक्षा एकमा विद्यार्थी भर्ना लिन सुरु गर्नेछन्।
मतदान केन्द्र पर्ने केही विद्यालयमा भने करिब एक हप्ता पठनपाठन ठप्प हुनेछ। तर, शिक्षक पनि नखटिएको र मतदान केन्द्र पनि नपरेको विद्यालयमा चुनावको दिनबाहेक अन्य दिन विद्यालय बन्द नहुने शर्माले बताए।