पत्रकार राईलाई एमाले महाकुलुङले गर्यो सर्वसम्मत् सिफारिस


सोलुखम्बु – महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसम्मत सिफारिस भएको छ ।

पत्रकार समेत रहेका राईको नाम एमाले पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको हो । एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने उम्मेद्वार टुंग्याउन बाँकी छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ ।

नेपाली कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन । कांग्रेसमा भलाकाजी कुलुङ, पर्खिधन नाछिरिङ र सूर्य कुलुङको दावी छ ।

 

प्रतिक्रिया