स्वयम्भूको जंगलमा एक युवकको शव फेला
काठमाडौं – स्वयम्भूको भगवान पाउ नजिक जंगलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चोट लागेको छ।
शुक्रबार बिहान सात बजेतिर युवकको सव फेला परेको खबर पाउने बितिकै कुकुरसहितको प्रहरी घटनास्थल गएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली जानकारी दिए। महानगरीय अपराध महाशाखाको फरेन्सिक टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।