नेपालगञ्जमा क्षतिपूर्तिको माग गर्दै टायर बालेर प्रदर्शन


दाङ – नेपालगञ्जमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

उनीहरूले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारबाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर बिपी चोकमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदर्शन गर्दै चक्का जाम गरेका छन् ।

चैत २७ गते प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिँडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो ।

ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया