माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग


काठमाडौं –  नेकपा माओवादी केन्द्रको चुनावी पोस्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएको छ ।

माओवादीले चुनाव प्रचारका लागि बनाएको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमान घिसिङको पनि फोटो राखेर “अँध्यारोबाट उज्यालोको यात्रा” नारामा माओवादीले पोस्टर सार्वजनिक गरेको छ ।

सो पोस्टर माओवादी अध्यक्ष दाहालको भेरिफाईड फेसबुक पेज मार्फत सार्वजनिक गरिएको छ । तीन जनाको फोटोमाथि माओवादीको चुनाव चिन्ह हँसिया हथौडा राखिएको छ भने ’ह्यासट्याग भोट फर सिपिएन माओइस्ट’ लेखिएको छ ।

माओवादीको चुनावी यो पोस्टर र प्रचार सामग्री निर्वाचन आचारसंहिता विपरित हो । आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि सरकारी कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाईदैन ।

नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो राखेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे छ ।

प्रतिक्रिया