महानगर र उप–महानगरका प्रमुखबारे केन्द्रले निर्णय गर्ने
काठमाडौँ- सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँड गर्न तालमेलका आधार र मापदण्ड तय गरेका छन् । सरकारमा रहेका पाँच दलका शीर्ष नेताहरु सम्मिलत बैठकले मंबगलबार साँझ यस्तो मापदण्ड र आधार तय गरेको हो।
बैठकले महानगरपालिका र उप–महानगरपालिकाका प्रमुख र उप–प्रमुखको सिट बाँडफाँड केन्द्रीय संनयन्त्रले गर्ने निर्णय गरेको छ। अन्य पालिकाका प्रमुख र उप–प्रमुखका हकमा भने जिल्ला संयन्त्रले प्रदेश संयनत्रलाई र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने भनिएको छ।
स्थानीय तहका वडाअध्यक्षको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले नै लिने र उसले यसको सूची वैशाख ३ गतेभित्र तयार पार्नेछ । प्रदेश तथा जिल्ला संयन्त्रमा गठबन्धनका दलका दुई–दुई प्रतिनिधि रहने र संयन्त्रहरुको नेतृत्व कांग्रेसले गर्ने सहमति पनि भएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।