जीवन बीमा कम्पनीले आर्जन गरे २५ अर्ब ९१ करोड बीमा शुल्क


काठमाडौं –  चालु आर्थिक वर्षको ८ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २५ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।   बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले  यस अवधिसम्ममा २५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

फागुन महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । समितिको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै,  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा २४ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । एलआइसी नेपालले २१ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले १८ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । ज्योति लाइफल इन्स्योरेन्स कम्पनीले १९ करोड ७१ लाख रुपैयाँ, सन नेपाल लाइफले १८ करोड ९५ लाख रुपैयाँ, सूर्या लाइफल इन्स्योरेन्स कम्पनीले १५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया