नाम्लोमा झुण्डिएको अवस्थामा युवक मृत फेला


काठमाडौँ- ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ स्थित कुँडुलेमा एक युवक मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान उनी स्थानीय मनबहादुर सार्कीको घरमा भान्छा नजिकै बाहिरपट्टि नाम्लोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

शंकास्पद अवस्थामा स्थानीय युवा अन्दाजी ३५ वर्षीय राजु परियारको शव झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। स्थानीयले शवको प्रकृति हेर्दा हत्या गरेर झुन्ड्याएको हुनसक्ने अनुमान गरेका छन्।

शरीरमा केही चोट देखिएको र नजिकै खुकुरी भेटिएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले प्रहरी टोली घटनास्थल पुगिसकेकोले अनुसन्धान प्रक्रिया अघि बढेको बताए । थप विवरण आउन केही समय लाग्ने उनले बताए ।

प्रतिक्रिया