नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त


काठमाडौं – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । जसमा टेलिकमकै निर्देशक सङ्गीता पहाडी अर्याल, पूर्व एमडी बुद्धि आचार्य र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलको नाम पठाइएको थियो ।

पौडेललाई नै ल्याउनको लागि टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका संशोधन गरेको भन्दै यसअघि नै त्यसको विरोध हुँदै आएको थियो । त्यसका बाबजुद पनि बैठकले तिनै पौडेललाई नियुक्त गरेको ती स्रोतले बताएको छ ।

 

प्रतिक्रिया