सर्वोच्चको आदेशसँगै राखेपबाट कुलबहादुर थापाले दिए राजीनामा


काठमाडौं – सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको थापाले बताएका छन् । उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् ।

सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो । १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए ।

 

प्रतिक्रिया