निरु पाल भन्छिन्– आँट गर्नुस्, संघीयता खारेज गर्नुस् प्रधानमन्त्री ज्यु


काठमाडौं– विघटित प्रतिनिधि सभाकी सदस्य निरु पालले संघीयता खारेज गर्नका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्।

व्यक्तिगत विचार भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको सुझावलाई धेरैले संघीयता खारेज हुनेबारेको संकेतका रुपमा बुझेका छन्।

यस्तो आँट जुटाउनका लागि अपिल गरेकी उनले लेखेकी छन्,‘ सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय बनाउनुस्।’

उनले निजी विचारका रुपमा अगाडि सारेको विवरणमा अगाडि भनेकी छन्,‘भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार।’

प्रतिक्रिया