‘नेपालको अर्थव्यवस्था सीमित व्यक्तिमा पार्ने प्रयास’


बुटवल – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले नेपालको अर्थ व्यवस्था सीमित व्यक्तिमा पार्ने गरी काम सुरु भएको बताएका छन् ।

बुटवलमा आयोजित प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी भेलामा पुनले उक्त कुरा बताएका हुन् ।

नेता पुनले प्रधानमन्त्री ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको आरोप पनि लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल नहुने दाबी गरे ।

नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणीसमेत गरे । ‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’

प्रतिक्रिया