‘सार्वजनिक खरिद नियमावलीमा रहेका समस्या समाधान गर्न सकिने’


काठमाडाैं – मुख्यसचिव शङ्करदास बैरागीले आपसी छलफलमार्फत सार्वजनिक खरिद नियमावलीमा रहेका समस्या समाधान गर्न सकिने बताएका छन् ।

आज नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीसँगको भेटमा मुख्यसचिव बैरागीले अनुगमन कार्यालयसँग छलफल गरी एघारौँ संशोधनमा भएका त्रुटि सच्याउन सकिने बताए । केही कमजोरीलाई सुधार गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘थप संशोधन गरी समस्याको समाधान गरी निकास दिन सकिन्छ ।’

निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोध र सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौँ संशोधनका केही बुँदा संशोधन हुनुपर्ने मागसहित महासङ्घ र सङ्घले सरकारका प्रतिनिधिलाई आआफ्नो ठाउँबाट ध्यानाकर्षण गराएका छन् ।

पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री, नदीजन्य तथा खानीजन्य सामग्रीको अप्रत्यासितरूपमा मूल्यवृद्धि भएकाले निर्माण क्षेत्रमा असर पुगेको व्यवसायीले मुख्यसचिव बैरागीलाई जानकारी गराए ।

कोभिडका कारण निर्माणका काम लामो समय रोकिएकाले अवधि थपको माग गरिएको छ । सरकारले पाँच ठेक्का प्रक्रियामा सहभागी भएपछि छैटौँमा आवेदन नै दिन नपाउने व्यवस्था हटाएर पाँच निर्माणको काममा सम्झौता गरिसकेपछि छैटौँमा सहभागिता जनाउन नपाउने व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया