नेता खनाल भन्छन् – आगामी निर्वाचनमा २ वटा गठबन्धन बन्न सक्छ


काठमाडाैं – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने अवस्था रहेकाे बताएका छन् ।

पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज बुधवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले गठबन्धनका विषयमा उक्त धारणा राखे ।

उनले भने, ‘यहाँ गठबन्धन-गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलकाे गठबन्धन बन्छ कि ! दुई वटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ ।’

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आउँदा दिनमा पनि त्याे सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया