
शिक्षकहरु नै परीक्षार्थी भएपछि सर्लाहीका विद्यालय पाँच दिन बन्द
सर्लाही – सर्लाहीका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि आजदेखि चैत २८ गतेसम्मको लागि विद्यालय बन्द हुन लागेका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले आइतबार एक सूचना जारी गर्दै शिक्षकका पेशागत संघसंस्थाहरुबाट बिदाको लागि अनुरोध आएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ।
अहिले दिएको बिदा आगामी वर्षे बिदाबाट अनिवार्य रुपमा कट्टा गरिने सूचनामा उल्लेख छ।




कागजपत्र |
