
काठमाडौं जाँदै गरेका युवक ठूलो परिणाममा लागूऔषधसहित पक्राउ
बारा- सर्लाहीबाट बस चढेर काठमाडौं हिँडेका एक युवक ठूलो परिमाणमा लागूऔषधसहित बाराबाट पक्राउ परेका छन्। सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डललाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।बिहीबार राति १० बजे पूर्वपश्चिम राजमार्गमा पर्ने जितपुर९सिमरा उपमहानगरपालिका९१ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
मण्डल सर्लाहीबाट ना७ख २६८१ नम्बरको बस चढेर काठमाडौं हिँडेका थिए। बस रोकेर चेकजाँच गर्ने क्रममा डिकीमा २ हजार ९९० थान लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मण्डलको साथबाट ९९७ पिस डाइजेपाम, १००७ पिस फेनारगन र ९८६ पिस नुर्फिन बरामद भएको प्रहरीले जनाएको छ। मण्डललाई जिल्ला अदालत बाराबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
