अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप


काठमाडाैं – अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तरगत शुक्रबार नेपाललाई थप खोप उपलब्ध गराएको छ ।

अमेरिकाले नेपाललाई थप ७ लाख ६६ हजार ३५० डोज कोभिड-१९ विरुद्धको फाइजर खोप हस्तान्तरण गरेको हो ।

यो सहयोग कोभिड-१९ महामारी अन्त्यका लागि पहल गर्ने प्रतिवद्धताको निरन्तरता भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया