पूर्वराजा शाह दम्पती झापामा, राष्ट्रिय शक्ति नेपालद्वारा स्वागत


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। पूर्वरानी कोमल शाहसहित चन्द्रगढी विमानस्थल हुँदै शाह दम्पती शुक्रबार दमक पुगेको उनको सचिवालयले जनाएको छ।

सचिवालयले शाह कति दिन झापा रहने र कहाँ-कहाँ भ्रमण गर्ने भन्ने खुलाएको छैन। शाह दम्पती झापा दमकस्थित चिया बगानको मिनी दरबारमा बस्नेछन्।

पूर्वराजा रानी विमानस्थलमा उत्रिँदै राष्ट्रिय शक्ति नेपाल अभियान झापाले स्वागत गरेको थियो। त्यसक्रममा पूर्वराजाको पक्षमा नाराबाजी भएको थियो।

प्रतिक्रिया