एक दुई दिन संकट परेको हो, लोडसेडिङ हुँदैन : कुलमान


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको बताए

भारतमा विजुलीको माग उच्च भएपछि विद्युत प्राधिकरणले केही दिनयता विजुली किनेको थिएन । जसले गर्दा कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो र लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्येगीहरुले चिन्ता व्यक्त गरेका थिए । तर घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताए ।

विद्युत प्राधिकरणले स्वदेशी विजुलीको माग धान्न भारतबाट प्रतियुनिट ३६ रुपैयाँसम्ममा विजुली खरिद गरेको छ । भारतबाट यो दरमा विजुली किन्दा प्राधिकरणलाई एक दिनमा २० देखि २२ करोड रुपैयाँसम्म बढी रकम तिर्नुपर्ने घिसिङले बताए ।

एक महिनासम्म यही दरमा विजुली किनेमा ८ अर्ब रुपैयाँ घाटा पर्ने उनको भनाइ छ । तर लामो समय महंगो दरमा विजुली किन्न आफूहरुले नसक्ने घिसिङले बताए ।

प्रतिक्रिया