

विद्युत् प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली खरिद गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।
भारतले विद्युत आपूर्ति रोकेपछि आज (मंगलबार) साँझदेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुँदै आएको छ । प्राधिकरणले महँगो मूल्यमा बिजुली नकिनेपछि मंगलबारदेखि भारतबाट आयात बन्द गर्दा औद्योगिक क्षेत्रमा बिद्युत आपुति रोकिएको थियो । उद्योगीले लोडसेडिङको तालिका मात्रै प्रकाशित गर्न बाँकी रहेको आरोप लगाउन थालेपछि प्राधिकरणले भारतसँग चर्को मूल्यमा बिजुली किन्न थालेको हो ।
यसअघि प्रतियुनिट भारु ७ मा नेपालले भारतसँग बिजुली खरिद गर्दै आएको थियो । मंगलबार र बुधबारको दुई वटा प्रतिष्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि नेपालतर्फको आपूर्ति रोकिएको थियो ।

