त्रिभुवन विमानस्थलमा आज दिनैभर उडान प्रभावित हुँदै


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज (बिहीबार) दिनभर उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा भनिएको छ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने छ ।

प्रतिक्रिया