आजकाे माैसम : यी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने


काठमाडौँ- देशको चार प्रदेशका पहाडी भूभागमा आज हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विहान सार्वजनिक बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा मौसम सफा रहने महाशाखाको प्रक्षेपण छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी पनि दिएको छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन\चटयाङ्ग सहित वर्षाकोसमेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सतर्क गराएको छ।

त्यसैगरी देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता भनिएको छ।

प्रतिक्रिया