सडक दुर्घटनामा परी आठ जनाको मृत्यु


जलालाबाद – अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

अन्य दुई जना भने घाइते भएको सिन्ह्वाले प्रान्तीय ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख जावाद शिरजादलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ ।

सोमबार साँझ प्रान्तीय राजधानी जलालाबाद सहरको प्रहरी जिल्ला ६ को चक्रपथमा दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको शिरजादले सिन्ह्वालाई बताएका छन् ।

मृत्यु हुनेमा कार चालकसहित चार महिला, एक बालक र तीन पुरुष रहेको अधिकारीले जानकारी दिए । सिन्ह्वाका अनुसार पहाडी खण्डमा सडक दुर्घटनाहरू बारम्बार हुने गर्दछ ।

प्रतिक्रिया