‘टिम अफ द इयर’ अवार्ड राष्ट्रिय फुटबल टिमलाई प्रदान


काठमाडौं – पल्सर स्पोर्टस् अवार्ड ०७७ को ‘टिम अफ द इयर’ मंगलबार नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रदान गरिएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली टिमले वर्ष ०७७ मा काठमाडौंमा भएको थ्री नेसन्स कप जितेको थियो ।

दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । सन् १९८४ पछि नेपालले घरेलु मैदानमा जितेको यो नै पहिलो फुटबल उपाधि हो ।

अहिले नेपाली राष्ट्रिय टिम थाइल्यान्डमा रहेको छ र त्यहाँ नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल अहिले एसियाकप छनोटको तयारीमा रहेको छ ।

प्रतिक्रिया