सवारी दुर्घटनामा निर्दोषलाई फसाउन खोजेको भन्दै एमालेद्वारा प्रदर्शन


रौतहट  – रौतहटमा स्थानीय प्रहरीले सवारी दुर्घटनामा निर्दोष लाई फंसाउन खोजेको भन्दै नेकपा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

चन्द्रनिगाहपुर गौर सडकखण्डको हर्साहा चौकमा भएको सवारी दुर्घटनामा चालक छोडेर गाडीधनीलाई फसाउन खोजेको भन्दै एमालेका सैयौं कार्यकर्ताहरुले गरुडामा बजारमा मंगलवार प्रर्दशन गरेको हो।

पिडीत परिवारलाई न्याय दिन र निर्दोषलाई नफंसाउन आन्दोलनकारीहरुले माग राखेका छन् । सैयौंको संख्यामा रहेका एमालेका नेता कार्यकर्ताले पिडित परिवारलाई न्याय दे, घटनाको छानबिन समिति गठन गर, निर्दोष फसाउन पाइदैन जस्ता नारा लगाउदै गरुडा बजारमा मंगलवार प्रर्दशन गरेका थिए ।

गत बुधबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको हर्साहा चोकमा जिपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो भने दुइजना प्रहरी घाइते भएका थिए । नेकपा एमाले रौतहटले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र राजनीतिक पुर्वाग्रह नराख्न आग्रह गर्दै बिज्ञप्ती निकालेको थियो  ।

बुधवार राति चन्द्रनिगाहपुरबाट गरुडा तर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको पिकअप जिपले साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा वृन्दावन नगरपालिका–६ का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी कुमार ठाकुरको मृत्यु भएको थियो । युवकहरुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको पिकअपले  हर्साह  प्रहरी चौकीका असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारीलाई समेत ठक्कर दिएको थियो । उनीहरु घाइते छन् ।

घटनापछि मौलापुर नगरपालिका घर भएका सञ्जय पाण्डे र कुन्दन पाण्डे पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका  थिए । पक्राउ परेका  कुन्दन पाण्डेले जीप  चलाएको र दुर्घटना भएको बताइएको थियो । घटनाको भोलिपल्ट बिहीबार राती प्रहरीले पक्राउ परेका दुबैजनालाई जिम्माजमानिमा छोडेको थियो । दुवैलाई आवश्यक परेको बेला हाजिर हुने गरि छाडीएको  डिएसपी भण्डारीले बताए ।

बिहीबारनै मृतकका आफन्त विनोद राउत कुर्मीले ईलाका प्रहरी कार्यालय गरुडामा सवारीधनी नागेन्द्र साहको नाममा किटानी जाहेरी दर्ता गराएका थिए । सवारीधनी निर्माण व्यवसायी नागेन्द्र साह  एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहका नातामा भाइ हुन् । राजनैतिक पुर्वाग्रह राखेर जाहेरी दिएको उनको गुनासो छ ।

गरुडाका डिएसपी श्रीराम भण्डारीले  अनुसन्धानबाट को चालक भन्ने खुल्छ, टेक्निकल अनुशन्धान भैरहेको जनाएका छन् । एमाले केन्द्रिय सदस्य तथा निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले सता गठबन्धनका कांग्रेसको ईशारामा आउनलागेको स्थानीय निर्वाचन लाई प्रभावित पार्ने गरि प्रहरी प्रशासनले नाटक गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया