१५ वर्षीया किशोरीलाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ


काठमाडाैँ-  १५ वर्षीया किशोरीलाई यौन दुराचार गरेको आरोपमा प्रहरीले चितवनको माडीबाट एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माडी नगरपालिका ५ का ३७ वर्षीय सुरज लामिछाने रहेका छन्।

माडी नगरपालिका(१ बरुवास्थित श्री सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षकी किशोरीलाई सोही स्कुलमा कार्यरत लामिछानेले यौन दुर्व्यवहार गरेको अभिभावकको आरोप छ।

पिडित किशोरीका आफन्तले दिएको उजुरीको आधारमा शिक्षक लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अभिभावकले आइतबार लिखित जाहेरी दिएका थिए। आइतबारै शिक्षक लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया