
एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धर
काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने भएकी छिन्। पार्टी कार्यालयमा मंगलबार आयोजना हुने कार्यक्रममा मानन्धर प्रवेश गर्ने जनाइएकाे छ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा कुनै बेला सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा निष्क्रिय छिन्।
मंगलबारको कार्यक्रममा समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुन लागेको स्रोतले जनाइएकाे छ । पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको उक्त पार्टी एमालेमा विलय हुन लागेको हो।



कागजपत्र |
