

आईसीसी विश्वकप–२: युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं — आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रि–कोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ ।
दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको हो । नेपालले युएईविरुद्ध सिरिजको तेस्रो खेल खेल्दैछ ।
आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।
यता, युएई सिरिजको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाललाई हराएको युएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ५ पटक आमनेसामने भएका छन् । जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ ।
लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।
नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।

