
बिहीबारदेखि हराएकी बालिका भेटिइन्
काठमाडाैँ- बिहीबार साँझदेखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन् । महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा जानकारी दिए ।
उनलाई एकजना १५ वर्षीय बालकले घर पुर्याइदिन्छु भन्दै बिहीबार साँझ लगेका स्रोतको भनाई छ । साथीहरुसँग होली खेल्न गएका वेला साँझ ५ बजेदेखि उनी हराएकी थिइन् । शेर्पा कहाँ गएकी थिइन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।



कागजपत्र |
