रानीपोखरी केपी ओलीले होइन, कालीगढले बनाएका हुन्ः झलनाथ खनाल


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम नगरेको बताएका छन्।

मंगलबार प्रदर्शनी मार्गमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीको आलोचनामा उनले शव्द खर्च गरेका थिए।

‘तपाईले केही गर्नुभएन, के गर्नुभयो भनेर सोध्यौं, उहाँले रानीपोखरी बनाएँ, धरहरा बनाएँ भन्नुभयो’, खनालले व्यंग्य गरे,‘के रानीपोखरी धरहरा केपी ओलीले बनाएको हो, त्यो त कालीगढ, सिकर्मीले बनाएको हो। इन्जिनियरले बनाएका हुन्। धन्यवाद छ उनीहरूलाई।’

प्रतिक्रिया