भेरीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला


कर्णाली – सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो ।

बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालनगरिएको थियो ।

रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता भएका भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का र आठ वर्षीया कृष्णा सिञ्जालीको शव अझै भेटिएको छैन ।

प्रतिक्रिया