

अमेरिकाले ‘विकृत सूचना’ फैलायो : चीन

बेइजिङ – बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।
रुसले चीनसँग सैन्य र अन्य सहायता मागेकाे अमेरिकी अधिकारीहरूकाे आराेपकाे खण्डन गरेकाे हाे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’
यसअघि रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए । वाशिङ्टनमा रहेकाे चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ ।
सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ । चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ ।

