एकैदिन ८ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी भने स्थिर
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा ८ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फाल्गुण २७ गते निक्षेप ८ अर्बले बढेको हो । हाल निक्षेप ४८ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । फाल्गुण २६ गते बैंकहरूको निक्षेप ४८ खर्ब ८३ अर्ब रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप बढे पनि कर्जा लगानी भने स्थिर रहेको छ । फाल्गुण २७ गते कर्जा लगानी स्थिर रहेर ४६ खर्ब ९३ अर्ब रहेको तथ्यांकमा उल्लेख छ । यस्तै वाणिज्य बैंकको निक्षेप भने बढेको छ । वाणिज्य बैंकको ८ अर्बले बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण २६ गते वाणिज्य बैंकको निक्षेप ४३ खर्ब १८ अर्ब रहेको थियो ।
यता, बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि घटेको छ । बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.५४ प्रतिशत रहेकोमा फाल्गुण २७ गतेसम्म घटेर ९०.४७ प्रतिशत पुगेको छ ।
बैंकहरुको आक्रमक कर्जा विस्तार रोक्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्यो । जसको प्रभाव तत्कालै बैंकिङ प्रणालीमा देखिएको थियो ।