

ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि सर्वसाधारणका लागि ३१ करोड बढिको आईपीओ जारी गर्दै

काठमाडौं – ग्रीन भेन्चर्स लिमिटेडले चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गर्न लागेको हो।
जस मध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोष योजनाहरुको लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ।

