कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ निर्वाचित


काठमाडौं– नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ निर्वाचित भएका छन्। आइतबार राती प्राप्त मतपरिणाममा प्रतिद्वन्द्वी बंशलाल तामाङलाई ७४ मतरअन्तरले पराजित गर्दै तामाङ सभापतिमा विजयी भएका हुन्।

संस्थापन पक्षका उम्मेदवार जंगबहादुरले ९१२ मत प्राप्त गरे भने संस्थापनइतरका वंशलालले ८४८ मतमात्रै पाए। यसअघि पहिलो चरणमा तेस्रो बनेका उम्मेदवार प्रेमध्वज लामाले समर्थन गरे पनि वंशलाल दोस्रो चरणमा जित्न सकेनन्।

प्रतिक्रिया