एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाललाई बधाई दिँदै भनिन् : अब कार्यान्वयनमा लागौँ


काठमाडौँ- अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले  संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेकोमा बधाई दिएकी छन्। सम्झौता अनुमोदन भएको १५ दिनपछि आइतबार ट्वीटरमार्फत उपाध्यक्ष सुमारले नेपाल सरकारलाई बधाई दिएकी हुन्।

सुमारले अब यसको कार्यान्वयनमा लाग्न अपील गरेकी छन्। ‘अब अगाडि नेपाली जनताका लागि रोजगारी, सस्तो ऊर्जा, र सुरक्षित सडकहरू सिर्जना गर्ने काममा लागौं,’ उनले भनेकी छन्।

एमसीसी नियोगले सम्झौतामार्फत ५० करोड डलर अनुदान दिएको छ। यो पैसा विद्युत प्रसारण लाइन र सडक पूर्वाधार निर्माणमा खर्च हुनेछ।एमसीसी अनुमोदन गराउन उपाध्यक्ष फातिमा आफैं नेपाल भ्रमणमा आएर शीर्ष नेताहरुसँग भेट गरेकी थिइन्। एमसीसीकाे विषयमा देशका दल नै विभाजित हुँदा देउवाले सत्ता गठबन्धनलाइ एक ढिक्का बनाएर एमसीसी पास गरेका थिए। अब याे परियाेजना कार्यान्वयनमा जाने तरखरमा छ।

प्रतिक्रिया