चर्को बैंक ब्याज घटाउन माग गर्दै संघले बुझायो अर्थमन्त्री लाई ज्ञापन पत्र


काठमाडौं – मोरङ व्यापार संघले चैत महिनामा बैंकको ब्याजदर घटाउनु पर्ने माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री शर्मा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई विराटनगरमा भेट गरी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै निवर्तमान अध्यक्ष मून्दडाले मुलुकको आर्थिक मेरुदण्डीय निजी क्षेत्रका उद्योग/व्यवसायहरुले हाल बढ्दो ब्याजको मार खेप्नु परेको बताए । पूँजी अभावको अवस्था सिर्जना भएबाट उद्योग/व्यवसाय धरासायी हुने सम्भावना बढ्न गई मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिम बढेको बताए ।

उनले हाल संस्थागत निक्षेपमा १० प्रतिशत सम्म व्याजदर कायम गरेकोले मार परेको भन्दै चैतमा अधिकतम् ६ प्रतिशत बैंक व्याजदर कायम गराउन अर्थमन्त्रीसँग आग्रह गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मून्दडासहित पूर्वअध्यक्ष महेश जाजू पूर्व अध्यक्ष पवन कुमार सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, कार्यकारिणी सदस्यहरु दिपेश सुवेदी अमित सारडा पवन राठी देवाशिष गोल्छा, सुशील सुराना र गोपाल अग्रवालको उपस्थित रहेको थियो ।

प्रतिक्रिया