
माधव नेपालका १४ सांसदविरूद्धको मुद्दामा आज सुनुवाई हुँदै
काठमाडौं – माधव नेपालका १४ सांसदविरुद्ध नेकपा एमालेले हालेको रिटको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले सर्वोच्च पुगेको थियो।
उक्त मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो।



कागजपत्र |
