

रेन्ज रोभर चढ्न राज्यलाई २ करोड राजश्व छल्दै विवादीत व्यापारी गोयल

काठमाडौं । विवादीत व्यापारी श्रवण गोयलले राजश्व छली गरी करोडौंको गाडी नेपाल भित्राउन लागेको रहस्य खुलेको छ।
गोयलले करीब १ लाख डलर पर्ने ल्याण्ड रोभर कम्पनीको हाईभ्रिड रेन्ज रोभर गाडी नेपाल भित्राउन लागेका हुन्। जुन मोडल नेपालमा आईपुग्दा लगभग ४ करोड पर्न जान्छ। गोयलले कम मूल्यांकन गरेर चोर बाटोबाट उक्त गाडी नेपाल भित्राउन लागेको स्रोतको दाबी छ।
गोयलले ४९ हजार ५ सय डलर कायम गरी उक्त गाडी बेलायतबाट मगाई नेपाली भन्सार वीरगञ्जमा ल्याईसकेका छन्।
४९ हजार ५ सय कायम गरे उक्त गाडीको मूल्य गोयलको घर सिफल पुग्दा २ करोड पर्न जान्छ। जसमा दुई करोड राजश्व राज्यलाई घाटा हुन्छ। इन्टरनेटमा उक्त गाडीको मूल्य ६८ हजार पाउण्ड उल्लेख गरिएको छ।
भन्सारका केही कर्मचारीसँगको मिलोमतोमा गोयलले उक्त गाडी कम मूल्यांकन गरी झिकाएका हुन् । ४९ हजार ५ सय डलर उनले बैकिङ प्रणालीबाट गाडी बिक्रेता कम्पनीलाई रकमान्तर गरे पनि अरु रकम पठाउने उपाय भने हुण्डी बाहेक अरु हुन सक्दैन।
अकुत सम्पत्तीका मालिक गोयलको धन्दा ठेकेदारहरूलाई मिटर व्याजमा लगानी गर्ने हो। मिटर व्याजमा लगानी गरेर गोयलले अर्बौं सम्पत्ती थुपारेका छन्। सनराईज बैंकको नाममा गाोईलले सिफलको एक सय रोपनी जग्गा हडपेका छन्
व्यापारी गोयलले गत बर्ष भिआईपी जुवा अखडामा भेटिएका जुवाडे पनि हुन्। उनीविरुद्ध पनि सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
अकुत सम्पत्तीका मालिक गोयलको धन्दा ठेकेदारहरूलाई मिटर व्याजमा लगानी गर्ने हो। मिटर व्याजमा लगानी गरेर गोयलले अर्बौं सम्पत्ती थुपारेका छन्। सनराईज बैंकको नाममा गाोईलले सिफलको एक सय रोपनी जग्गा हडपेका छन्। जसको मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा छ। गोयल उक्त बैंकको बोर्ड अफ डाइरेक्टर पनि हुन्।
तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट व्यक्तिले गाडी आयत गर्न पाउने नियम लागू गरेसँगै केही विवादीत व्यापारीले कम मूल्याकङ गरी गाडी आयत गर्न थालेका हुन्।
अर्थमन्त्री खतीवडाले ५० हजार डलर भन्दा माथि मूल्य पर्ने गाडी आयतमा लगाएको बन्देज समेत गत असोजबाट खुल्ला गरिएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि सरकारले लागू गरेको ५० हजार डलर माथिको सवारी आयातमा लगाएको बन्देज फुकुवा गर्ने निर्णय गरेको थियो।
योसँगै अब नेपाली अटोमोबाइल्स व्यवसायीलगायत व्यक्तिले पनि जति पनि महङ्गा र लग्जरी गाडीहरु भित्राउनन र बिक्री वितरण गर्न बाटो खुलेको छ।
यसअघि सरकारले महङ्गा गाडीलाई विलासिताको साधनको रुपमा व्याख्या गर्दै ५० हजार डलर माथिको गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमलकुमार साहले भने गाडीको मुल्यांकनको पाटो भएकाले यस विषयमा बुझ्नुपर्ने हुन्छ। नियमकानुन विपरित त्यसरी कम मुल्यांकन गरी महँगा गाडी भित्राउने कोसिस गरिएको भए कानुनी कारबाहीको दायरामा ल्याइने साहले बताए।

