कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु


सुर्खेत – कुडा कर्णालीका भन्ने मूल नाराका साथ कर्णाली उत्सवको तेस्रो संस्करण आज शुक्रवारदेखि सुरु भएको छ । ऋति फाउन्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव सञ्चालन हुनेछ ।

कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउन्डेशनले विभिन्न सङ्घ-संस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको उद्घाटन गर्दै प्रदेशका सभामुख राजबहादुर शाहीले गर्दै कर्णालीको विकास र समृद्धि हासिल गर्न यस उत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले उत्सवमा कर्णालीको भाषा, साहित्य, समाज, रहनसहन, विकास, वातावरणलगायतका विषयमा विमर्श गरिने बताए । उनले तीन दिनसम्म विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने जानकारी दिए ।

प्रतिक्रिया