आयोगको निर्णयमाथि ओलीको आलोचना, ढंग सच्याउन महामन्त्री शर्माले दिए सुझाव


काठमाडौं – निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरे सँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टी जनाएका थिए ।

अध्यक्ष ओलीको उक्त असन्तुष्टीलाई लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतपत्रको रङ देखेर नतर्सिन आग्रह गरेका छन् ।

ओलीले नेपाली कांग्रेसलाई फाइदा हुने गरी चुनाव चिह्न हरियो बनाउन खोजेको भन्दै आयोगको आलोचना गरिरहेका छन् ।

बिहीबार महामन्त्री शर्माले ओलीलाई मतपत्रको रङ भन्दा आफ्नो ढंग सच्याउन सुझाव दिए । ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला रु त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला’ उनले भने ।

मतपत्रको रङ कस्तो बनाउने भन्ने निर्णय निर्वाचन आयोगले स्वतन्त्र रुपमा गर्न सक्ने महामन्त्री शर्माले बताए ।

 

प्रतिक्रिया