तलाउमा डुबेर किशाेरीकाे मृत्यु


कैलाली – कैलालीमा तलाउमा डुब्दा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका २ की १५ वर्षीया किशोरी खेमा खड्काको पौडी खेल्ने क्रममा तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

साथीहरूसँग पौडी खेल्न गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  किशोरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया