ओलीले पार्टीमा भित्र्याए माओवादीबाट निर्वाचित नगरप्रमुख र उपप्रमुख


मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट नगरप्रमुख जितेका नगरप्रमुख र उपप्रमुखलाई एमालेमा भित्र्याएका छन् । ओलीले बुधबार अविर लगाइदिँदै मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराललाई एमालेमा भित्र्याएका हुन् ।

रंगेलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर र उपमेयरसहित केही वडाध्यक्ष पनि प्रवेश गरेको जनाइएको छ ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया आफ्ना समर्थकहरुसहित एमाले प्रवेश गरेका हुन्।

स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए।

प्रतिक्रिया