बर्दियामा आगलागीमा परी १४ वर्षीय बालकको मृत्यु


काठमाडौं – बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरेनीमा एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति बारबर्दिया नगरपालिका खैरेनीमा आगलागी हुँदा घरमा सुतिरहेका १४ वर्षीय बालक दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

उनी घरमा एक्लै सुतिरहेको अवस्थामा अचानक आगो लागेको थियो। दिनेशका बाबु बैदेशिक रोजगारीका लागि विदेशमा रहेको र आमा र बहिनी काम विशेषले घर बाहिर रहेको शाहीले जानकारी दिए।

बालकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको र थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया